६ करोड ९८ लाख नोक्सानीमा मेगा म्युचुअल फण्ड १

Share News

साउन १५, काठमाडौं । मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ ले असार मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार फण्ड असार मसान्तसम्ममा रू. १६ करोड ९८ लाख नोक्सानीमा छ ।

जेठ मसान्तसम्ममा फण्ड रू. १९ करोड ३८ लाख नोक्सानीमा थियो । फण्डको खर्चमा वृद्धि भई जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा रहेको हो ।

फण्डको न्याभ भने जेठ मसान्तको तुलनामा असार मसान्तमा बढेकाे छ । जेठ मसान्तसम्ममा फण्डको न्याभ रू. ८ दशमलव ४५ रहेकोमा असार मसान्तसम्ममा बढेर रू. ८ दशमलव  ६४ पुगेको छ ।

फण्डको सूचीकृत धितोपत्रमा लगानी पनि बढेको छ । जेठ मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ८२ करोड ३४ लाख लगानी रहेकोमा असार मसान्तसम्ममा बढेर रू. ८२ करोड ५२ लाख पुगेको छ । 

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।