साउन १५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।
शुक्रवार कारोबार समयभित्र बोर्ड बैठक गरेको र बुक क्लोज दिनभन्दा ७ दिनअघि सूचना नदिएको भन्दै नेप्सेले कम्पनीकाे कारोबार रोक्का गरेको हो । यससँगै नेप्सेले कम्पनीलाई स्पष्टीकरणसमेत सोधेकाे छ ।
शुक्रवार बिहान ११ बजे बसेकाे कम्पनीकाे बोर्ड बैठकले ७५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । सो प्रस्ताव पारित गर्न कम्पनीले भदौ ३ गते साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले साउन १९ गते बुक क्लोज गर्ने बताएको छ । तर, यसको सूचना साउन १४ गते मात्रै दिएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।