जाल्पा सामुदायिक लघुवित्तको नाफा ९ करोड माथि, प्रतिशेयर आम्दानी कति ? 

Share News

साउन १६, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष (आव) २०७८/०७९ को चौथो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४ दशमलव ६७ प्रतिशतले घटेर रू. ९ करोड ८६ लाखमा झरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा लघुवित्तले रू. १० करोड ३४ लाख नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ३६ दशमलव २० प्रतिशतले बढेको छ भने सञ्चालन नाफा १ दशमलव ४५ प्रतिशतले घटेको छ । असार मसान्तसम्म खुद ब्याज आम्दानी ३५ करोड ३९ लाख पुगेको छ भने संचालन नाफा ९ करोड ४६ लाखमा झरेको छ ।

त्यस्तै, लघुवित्तको सापटी रकम  ५७ दशमलव ८९ प्रतिशतले बढेर १ अर्ब ८९ करोड, निक्षेप २० दशमलव ५२ प्रतिशतले बढेर २ अर्ब ५५ करोड र कर्जा ४० दशमलव २९ प्रतिशतले बढेर ५ अर्ब ५ करोड पुगेको छ । 

गत आवको असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू.६१ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ रू. ३४७ दशमलव ७० रहेको छ । 

वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।