साउन १६, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले ऋणपत्र निष्कासनका लागि सोमवार विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । बैंकले ११ प्रतिशत ब्याजदरमा १० वर्षे अवधिको उक्त ऋणपत्र निष्कासनको तयारी गरेको हो ।
बैंकले विक्री गर्ने कुल कित्ता ऋणपत्रमध्ये रू. ६० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरूका लागि र रू. ४० करोड बराबरको ऋणपत्र सर्वसाधारणका लागि विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकोमध्ये ५ प्रतिशत ऋणपत्र सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी सार्वजनिक निष्कासनमा आउनेछ ।
विक्री प्रबन्धकमा नियुक्त भएसँगै बैंकको ऋणपत्र निष्कासनका लागि आवश्यक प्रक्रिया एनआईसी एशिया क्यापिटलले पूरा गर्नेछ । यस बैंकले हाल १०३ वटा शाखाहरूमार्फत करिब ६ लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।