साउन १७, काठमाडौं । नेपाल स्टक एक्सचञ्ज (नेप्से) ले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । कम्पनीको साउन १५ गतेको पत्रअनुसार नेप्सेले शेयर कारोबार फुकुवा गरिदिएको हो ।
कम्पनीको साउन १३ गते ११ बजे नेप्सेको कारोबार समयभित्र सञ्चालक समितिको बैठक बस्नु कमजोरी हुन गई आइन्दा त्यस्ता गल्ती कमीकमजोरी नगर्ने क्षमायाचना सहितको पत्र नेप्सेमा पेश गरेसँगै नेप्सेले सो कम्पनीको शेयर फुकुवा गरिदिएको हो ।
कम्पनीले बुक क्लोजको मिति साउन १९ गते तोकी सोको जानकारी समेत नेप्सेमा समयमै दिन नसक्नुमा लेखाइमा त्रुटि भएको अनुरोध सहितको पत्र पठाएकोले कम्पनीलाई पुनः बुक क्लोजको मिति तोकी पठाउन नेप्सेले निर्देशन दिएको छ । नेप्सेले कम्पनीको शेयर आजैदेखि फुकुवा गरिदिएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।