सगरमाथा इन्स्योरेन्स र एनएमबि लघुवित्तको बोनस शेयर सूचीकृत

Share News

साउन १७, काठमाडौं । मंगलवार नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीको २२ लाख २२ हजार ७१५ कित्ता बोनस शेयर र एनएमबि लघुवित्त वित्तीय संस्थाको ११ लाख ६० हजार ५८० दशमलव ३७३८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी दुबै कम्पनीको बोनस शेयर हितग्राही खातमा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । सगरमाथा इन्स्योरेन्स कम्पनीले वैशाख २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी एनएमबि लघुवित्तले गत पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २१ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।