साविक कञ्चन डेभलपमेण्ट बैंक र ओम डेभलपमेण्ट बैंकका शेयरधनीलाई पुरानो लाभांश लिन एनएमबि बैंकको अनुरोध 

Share News

साउन १६, काठमाडौं । एनएमबि बैंकले शेयरधनीलाई पुरानो लाभांश रकम लिन अनुरोध गरेको छ ।

साविक कञ्चन डेभलपमेण्ट बैंकको आव २०६९/०७० र ओम डेभलपमेण्ट बैंकको आव २०६७/६८ र २०६८/०६९ को बुझिलिन बाँकी लाभांश लिन अनुरोध गरिएको हो ।

 लाभांश रकम  लिन बाँकी शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड नागपोखरीमा सम्पर्क गर्नुपर्नेछ । आव २०६९/७० सम्मको लाभांश रकम यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र लिन नआएमा लगानीकर्ता संरक्षण कोषमा पठाइउदिने कम्पनीले जानकारी गराएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।