२ करोडभन्दा बढी खराब कर्जा संकलन गरेको इन्फिनिटी लघुवित्तको खुद नाफा १५ करोडभन्दा बढी 

Share News

साउन १९, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा रू. १५ करोड २ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत आवकाे वित्तीय विवरण अनुसार अघिल्लो आवमा रू. १२ करोड ६० लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत आवमा १९ दशमलव १४ प्रतिशत बढी यो नाफा गरेको हो ।

गत आवमा कम्पनीको सञ्चालन नाफासँगै खराब कर्जा संकलन समेत बढेकाले नाफामा वृद्धि भएको देखिन्छ । अघिल्लो आवभन्दा गत आवमा कम्पनीले करिब १६ प्रतिशत बढी अर्थात् रू. २१ करोड ६० लाख सञ्चालन नाफा गरेको छ । खराब कर्जा संकलन भने अघिल्लो आवमा रू. १ करोड ३५ लाखभन्दा बढी भएकोमा गत आवमा रू. २ करोड २९ लाखभन्दा बढी भएको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ४१ करोड ४५ लाख १३ हजार रहेको छ । कम्पनीको जगेडा कोष रकम भने ४७ दशमलव ९६ प्रतिशत बढी अर्थात् रू. २४ करोड ५४ लाखभन्दा बढी कायम भएको छ । १३ प्रतिशत बढी कर्जा सापटी लिएको कम्पनीले करिब ६२ प्रतिशतभन्दा बढी निक्षेप संकलन गरेको छ भने करिब ५४ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ ।

निष्क्रिय कर्जा अनुपात अघिल्लो आवमा ४ दशमलव २७ प्रतिशत रहेकोमा गत आवमा २ दशमलव ८२ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ३६ दशमलव २४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव २१ रहेको छ ।

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुस्
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।