आईसिएफसि फाइनान्सको खुद नाफा २०.२१ % घट्यो 

Share News

साउन २०, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आईसिएफसि फाइनान्स लिमिटेडले अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा २० दशमलव २१ प्रतिशत कम खुद नाफा गरेको छ । अघिल्लो आवमा रू. २५ करोड १४ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत आवमा रू. २० करोड ६ लाखभन्दा बढी मात्र खुद नाफा गरेको हो ।

अघिल्लो आवकाे तुलनामा कम्पनीको सञ्चालन नाफा २० दशमलव ३९ प्रतिशत कम रू. २७ करोड ४८ लाख भएको छ । गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. ११ करोड ८४ लाखभन्दा बढी रहेको छ । १० दशमलव शून्य ४ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १ अर्ब १२ करोड ७१ लाख पुर्याएको कम्पनीको रिटेन्ड अर्निङ रू. ११ करोड ८४ लाखभन्दा बढी र जगेडा कोष रकम रू. ४९ करोड ७४ लाखभन्दा बढी रहेको छ ।

कम्पनीले अघिल्लो आवको तुलनामा २३ दशमलव ५५ प्रतिशत बढी रू. १७ अर्ब ७१ करोड ९९ लाख ८४ हजार निक्षेप संकलन गरेको छ भने रू. १४ अर्ब ३० करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो आवमा १ दशमलव १८ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा शून्य दशमलव ५४ प्रतिशत कायम भएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दमलव ८० र प्रतिशेयर नेटवर्थ रू. १५४ दशमलव ६४ रहेको छ । 

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुस्
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।