ग्रीन डेभलपमेण्ट बैंकको खुद नाफा ८६ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति ?

Share News

साउन २०, काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवमा ८६ दशमलव ३४ प्रतिशत वृद्धि भएको छ । 
कम्पनीले अघिल्लो आवमा रू. १ करोड २९ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. २ करोड ४१ लाख पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै खुद नाफा बढेको हो । 
अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ४८ प्रतिशत र सञ्चालन नाफा ८१ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ५० रहेकोमा गत आवमा बढेर रू. ४ दशमलव ६६ पुगेको हो । 
कम्पनीको चुक्ता पूँजी रू. ५१ करोड ९० लाख रहेको छ भने जगेडामा रू. ३ करोड २९ लाख र रिटेण्ड अर्निङमा रू. २ करोड ६९ लाख सञ्चित गरेको छ ।  
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।