९५ करोडभन्दा बढी नाफा कमाएको महालक्ष्मी विकास बैंकको वितरणयोग्य नाफा साढे ५८ करोडभन्दा बढी

Share News

साउन २२, काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको तुलनामा गत आवमा ४४ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीले अघिल्लो आवमा रू. ६६ करोड नाफा कमाएकोमा गत आवमा वृद्धि भएर रू. ९५ करोड १९ लाख पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १८ प्रतिशत र सञ्चालन नाफा ४५ प्रतिशत वृद्धि भएको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि बढेकाे छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १९ दशमलव ७५ रहेकोमा गत आवमा बढेर रू. २३ दशमलव ७३ पुगेको छ ।

त्यसैगरी कम्पनीको वितरणयोग्य नाफा रू. ५८ करोड ६१ लाख रहेको छ। एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफालाई विभिन्न शीर्षकमा छुट्याए पछिको नाफा नै वितरणयोग्य नाफा हो । यही वितरणयोग्य नाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्दछ । 

कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १ करोड रहेको छ भने गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा रू. १ अर्ब ८२ करोड र रिटेण्ड अर्निङमा रू. ५८ करोड ९३ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १५ दशमलव ९३ गुणा, तरलता अनुपात २८ दशमलव ७० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६० दशमलव ०९ रहेको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।