आइतवार हिमालयन हाइड्रोपावरको शेयर कारोबार खुला हुन सकेन, यस्तो छ कारण

Share News

साउन २२, काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीका शेयर कारोबार आइतवार खुला हुन सकेन । स्पेसल प्रि-ओपन सेसनमा अर्डर म्याच नभएपछि कारोबार खुला हुन सकेन ।

यस सेसनमा पहिलो कारोबार भएपछि मात्र नियमित कारोबार हुन सक्ने व्यवस्था रहेको छ । अब सोमवार अर्डर म्याच भएपछि मात्र कम्पनीको शेयर नियमित सेसनमा कारोबार हुनेछ ।  
 
कम्पनीको१ करोड ९ लाख ५० हजा कित्ता शेयर शुक्रवार सूचीकरण भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम ७६ रुपैयाँ ३३ पैसादेखि अधिकतम २२८ रुपैयाँ ९९ पैसा तोकेकोे छ ।

सोही रेन्जभित्र रहेर पहिलो कारोबार हुनेछ । स्टक सिम्बोल ‘एचएचएल’ रहेको छ  ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।