साउन २३, काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि (मंगलवार) रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि आगामी बुधवार बुक क्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कोषले आव २०७७/७८सम्मको सञ्चित मुनाफाबाट ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कोषले भदौ ६ गते साधारण सभा बोलाएको छ । साधारण सभा कोषको केन्द्रीय कार्यालय, नयाँ बानेश्वरमा हुने कम्पनीले जानकारी गराएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।