साउन २४, काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. ४ करोड १४ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले रू.१० करोड ८९ लाखभन्दा बढी खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको खुद नाफा ६१ दशमलव ९३ प्रतिशत कम भएको हो । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको सञ्चालनबाट भएको नफा ३९ दशमलव ५९ प्रतिशत बढी रू. ४ करोड ३५ लाख रहेको छ ।
गत वर्ष ५ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १ अर्ब २२ करोड ३२ लाख ११ हजार पुर्याएको कम्पनीको रिटेन्ड अर्निङ ३ दशमलव ७१ प्रतिशत कम रू. १० करोड ६६ लाख रहेको छ ।
कम्पनीको जगेडा कोष रकम भने रू. ७५ लाख ९० हजार ऋणात्मक रहेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ३ दशमलव ३९ र प्रतिशेयर नेटवर्थ रू. १०७ दशमलव ६८ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।