नागरिक लगानी कोषको शेयरमूल्य समायोजन

Share News

साउन २४, काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्जले मंगलवार नागरिक लगानी कोषको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले ३० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. २ हजार २१४ दशमलव ६२ तोकेको छ । कोषले मंगलवार कायम अन्तिम शेयरमूल्य रू. २ हजार ८७९ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

कोषले लाभांश तथा साधारणसभा प्रयोजनको लागि बुधवार बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । कोषले आव २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव पारितका लागि कोषले भदौ ६ गते साधारणसभा बोलाएको छ । सभा कोषको केन्द्रीय कार्यालय नयाँबानेश्वरमा हुने जानकारी गराएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।