साउन २४, काठमाडौ । मेटा प्लेटफर्मका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मार्क जुकरवर्गले व्हाट्सएपमा तीन ओटा नयाँ गोपनीयता (प्राइभेसी) फिचर ल्याउने भएका छन् ।
उनले आफ्नो सामाजीक सञ्जाल मार्फत अब छिट्टै उक्त फिचर आउने जानकारी दिएका छन् । उक्त फिचरले ह्ववाट्सएप युजरहरुले ग्रूप कसैलाई थाहानै नभई निस्किन मिल्ने र युजर अनलाईन भएको कसकस्ले देख्न सकिन्छ भन्ने कुरा पनि आँफैले नियन्त्रण गर्न पनि मद्दत गर्नेछ ।
साथै एकपटक हेरिसकेको मेसेजलाई स्क्रिनसट गर्न नमिल्ने भएको छ । ह्ववाट्सएपमा मेसेजहरू सुरक्षित गर्न र तिनीहरूलाई प्रत्यक्ष कुराकानीको रूपमा गोप्य र सुरक्षित राख्नको लागि प्लेटफर्मले पछिल्लो समय विभिन्न सुरक्षा सुविधाहरूमा काम गरिरहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।