डिप्रोक्स लघुवित्तकाे नाफा घट्याे, खुद ब्याज आम्दानी बढ्याे

Share News

साउन २५, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमाससम्मको तुलनामा गत आवको सोही अवधिमा १२ दशमलव १२ प्रतिशत घटेको छ ।

अघिल्लो आवमा रू. ६५ करोड ३१ लाख नाफा कमाएको कम्पनीले गत आवमा रू. ५७ करोड ४० लाख मात्र नाफा कमाएको छ । गत आवमा रू. १ अर्ब ३८ करोड खुद ब्याज आम्दानी गरेको कम्पनीले रू. ८१ करोड ९९ लाख सञ्चालन नाफा कमाएको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ३ दशमलव ४५ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा १७ दशमलव ३२ प्रतिशतले घटेको छ । गत आवको असार मसान्तसम्म चुक्तापूँजी रू. १ अर्ब १५ करोड रहेको कम्पनीको जगेडा कोषमा रू. ९२ करोड ६१ लाख छ ।

समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ५ दशमलव ६० प्रतिशतले घटेर १ अर्ब ६० करोड कायम भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी १ अर्ब ७० करोड थियो ।

गत आवमा रू. ७ अर्ब ९६ करोड सापटी र रू. ७ अर्ब ९७ करोड निक्षेप संकलन  गरेको कम्पनीले रू. १८ अर्ब ३४ करोड कर्जा लगानी गरेको छ । सो अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ४९ दशमलव ६५, मूल्य आम्दानी अनुपात १८ दशमलव ९३ गुणा, तरलता अनुपात ४ दशमलव २९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २६७ दशमलव १९ छ ।

वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।