साउन २५, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओमा मागभन्दा २६ दशमलव ६२ गुणा बढी आवेदन परेको छ । सिडिएस क्लियरिङका अनुसार बुधवार विहान १०ः०४ बजेसम्म ७ लाख २२ हजार १०७ जनाले आवेदकले ८२ लाख ३५ हजार ६ सय कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले साउन २४ गतेदेखि ३ लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीले निष्कासन गरेको कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ० शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत् आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस आइएस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको बुझिन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।