साउन २५, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ४० प्रतिशत घटेको हो ।
अघिल्लो आवमा कम्पनीले रू. ३ करोड २२ लाख नाफा कमाएकोमा गत आवमा घटेर रू. १ करोड ९१ लाखमा झरेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा पनि घटेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ८ प्रतिशत र सञ्चालन नाफा ८४ प्रतिशत घटेको छ ।
रू. १४ करोड १७ लाख चुक्तापूँजी रहेको कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा जगेडामा रू. ३ करोड ६४ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. ५२ करोड ४८ लाख सापटी, रू. ४१ करोड निक्षेप संकलन गरी रू. १ अर्ब ६ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।
त्यसैगरी कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १३ दशमलव ५३, मूल्य आम्दानी अनुपात ६९ दशमलव ९८ गुणा, तरलता अनुपात ११ दशमलव ३० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४१ दशमलव ३३ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।