साउन २६, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ५ करोड ७६ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
अघिल्लो वर्षको चौथो त्रैमाससम्मको तुलनामा कम्पनीको खुद नाफा २ दशमलव ६७ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले रू. ५ करोड ६१ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्ष कम्पनीको सञ्चालन नाफा भने ७ दशमलव १८ प्रतिशत कम रू. ७ करोड ६९ लाख भएको छ । सञ्चालन नाफा घटे पनि कम्पनीको खराब कर्जा संकलन बढी भएकाले खुद नाफामा सामान्य वृद्धि देखिएको हो । अघिल्लो वर्ष रू. ५३ लाख ९२ हजार खराब कर्जा संकलन गरेको कम्पनीले गत वर्ष रू. १ करोड ३७ लाखभन्दा बढी यो कर्जा संकलन गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १७ करोड ४ लाख ३७ हजार रहेको छ । कम्पनीको जगेडा कोषमा रू. ११ करोड ६३ लाखभन्दा बढी छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अघिल्लो वर्षभन्दा १८ दशमलव ४६ प्रतिशत बढी रू. १ अर्ब २४ करोड २७ लाख कर्जा सापटी लिएको छ ।
सो अवधिसम्म कम्पनीको निक्षेप संकलन भने ४१ दशमलव ४६ प्रतिशत बढी रू. ७० करोड २५ लाख भएको छ । कम्पनीले अघिल्लो वर्षभन्दा करीब २९ प्रतिशत बढी रू. २ अर्ब १७ करोड ४१ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
अघिल्लो वर्ष ३ दशमलव ३० प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ६१ प्रतिशतमा झरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ३३ दशमलव ८३ र प्रतिशेयर नेटवर्थ रू. १६८ दशमलव २७ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।