साउन २७, काठमाडौं । बुटवल पावर कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ४७ प्रतिशत घटेको छ ।
कम्पनीले अघिल्लो आवमा रू. ५० करोड १८ लाख नाफा कमाएकोमा गत आवमा घटेर रू. २६ करोड ३९ लाखमा झरेको हो ।
त्यसैगरी कम्पनीको विद्युत् विक्री आम्दानी भने अघिल्लो आवको तुलनामा गत आवमा १९ प्रतिशत वृद्धि भएको छ। कम्पनीले अघिल्लो आवमा विद्युत् विक्रीबापत रू. ६४ करोड ६१ लाख आम्दानी गरेकोमा गत आवमा बढेर रू. ७७ करोड ५० लाख पुगेको हो । गत आवमा कम्पनीको अन्य आम्दानी घटेकाले नाफा घटेको हो । कम्पनीको अन्य स्रोतमार्फत हुने आम्दानी अघिल्लो आवमा रू. ६८ करोड ७७ लाख रहेकोमा गत आवमा रू. ४ करोड २९ लाखमा सीमित भएको छ ।
कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब २४ करोड रहेको छ भने जगेडामा रू. ३ अर्ब ७४ करोड सञ्चित गरेको छ । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ रहेकोमा गत आवमा घटेर रू. ८ दशमलव १३ मा झरेको हो ।
गत आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ३९ दशमलव ६१ गुणा र प्रतिशेयर नेटवर्थ रू. २१५ दशमलव ५० रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।