साउन २९, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म हिमालयन डिष्टिलरी लिमिटेडले रू. १ अर्ब ५ करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आवमा कम्पनीको यो नाफा रू. १ अर्ब ४ करोडभन्दा बढी थियो ।
अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद नाफा १ दशमलव ३३ प्रतिशत मात्र बढेको हो । अघिल्लो आवभन्दा साढे १६ प्रतिशत बढी रू. ७ अर्ब ५८ करोड आम्दानी गरेको कम्पनीको सञ्चालन नाफा भने शून्य दशमलव ५० प्रतिशत कम अर्थात् रू. १ अर्ब ४६ करोडभन्दा बढी छ ।
गत आवमा ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत २५ प्रतिशत नगद लाभांश गरी शतप्रतिशत लाभांश वितरण गरेको कम्पनीको जगेडा कोष रकम भने साढे १६ प्रतिशत बढेर रू. १ अर्ब ३२ करोडभन्दा बढी कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ६९ दशमलव ५० रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १८७ दशमलव २२ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।