खप्तड लघुवित्तले भदौ ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

Share News

साउन ३०, काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले जारी पूँजी रु. ४ करोडको प्रतिशेयर रु. १०० अंकित मूल्यका रु.१ करोड ३२ लाख बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।

लघुवित्तले निष्कासन गर्न लागेको कुल शेयरमध्ये जारीपूँजीको ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता कर्मचारीहरूका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा माग मबोजिम आवेदन नपरेमा भदौ २२ गतेसम्म आवेदन दिने समय थप हुनेछ ।  

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सकिनेछ । 

आईपीओ निष्कासनका लागि गराइएको क्रेडिट रेटिबमा ईक्रा नेपालले लघुवित्तलाई केयरएनपी इस्युअर रेटिब डबल बी माइनस रेटिब प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

आईपीओ निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।