२० प्रतिशत पूँजी बढाएको नेपाल टेलिकमको नाफा साढे १७ % बढ्यो 

Share News

साउन ३०, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड)ले रू. ८ अर्ब ३८ करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको खुद नाफा १७ दशमलव ५४ प्रतिशत वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीको खुद नाफा रू. ७ अर्ब १२ करोडभन्दा बढी थियो । 

गत आवमा कम्पनीको कुल आम्दानी ५ प्रतिशत बढेको छ । अघिल्लो आवमा रू. ४२ अर्ब २० करोडभन्दा बढी कुल आम्दानी रहेको कम्पनीको गत आवमा रू. ४४ अर्ब ३२ करोडभन्दा बढी यो आम्दानी भएको हो । कम्पनीले गत आवमा वर्ष २० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १८ अर्ब पुर्याएको छ ।

जगेडा कोष रकम अघिल्लो आवभन्दा ३ दशमलव १८ प्रतिशत बढेर रू. ७७ अर्ब ६ करोडभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ४६ दशमलव ५६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ५२८ दशमलव १३ रहेको छ । 

वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुस्
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।