साउन ३०, काठमाडौं । गत आर्थिक वर्षमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले २२ प्रतिशतभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आवमा रू. ७९ करोड ९६ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष रू. ९७ करोड ६२ लाखभन्दा बढी खुद नाफा गरेको हो ।
गत आवमा कम्पनीको वित्तीय आम्दानीसँगै अन्य आम्दानीहरू बढेकाले नाफा बढ्न सहयोग मिलेको हो । अघिल्लो आवमा रू. १ अर्ब २८ करोडभन्दा बढी रहेको वित्तीय आम्दानी गत आवमा रू. १ अर्ब ५२ करोडभन्दा बढी भएको छ ।
अघिल्लो आवमा रू. १ करोड ७ लाखभन्दा बढी भएको कम्पनीको लाभांश आम्दानी गत आवमा रू. १ करोड ४१ लाखभन्दा माथि पुगेको छ । वित्तीय आम्दानी १८ दशमलव ७७ प्रतिशत र लाभांश आम्दानी ३१ दशमलव ३३ प्रतिशत वृद्धि भएको छ ।
चुक्तापूँजी रू. २० अर्ब ७१ करोड ५० लाख ५२ हजार रहेको हाल कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब ६७ करोडभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ४ दशमलव ७१ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव शून्य ८ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।