खुद ब्याज आम्दानी र सञ्चालन नाफासँगै एनएमबि लघुवित्तको नाफा घट्यो

Share News

साउन ३०, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ३५ प्रतिशत घटेको छ ।

अघिल्लो आवमा रू. १९ करोड ८७ लाख नाफा कमाएको कम्पनीले गत आवमा रू. १२ करोड ७९ लाख मात्र कमाएको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ । अघिल्लो आवको तुलनामा गत आवमा खुद ब्याज आम्दानी ६ प्रतिशत र सञ्चालन नाफा ३५ प्रतिशत घटेको छ । 

चुक्तापूँजी रू. ६५ करोड ५८ लाख रहेको कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा जगेडामा रू. ३७ करोड ११ लाख सञ्चित गरेको छ । सो अवधिमा रू. ३ अर्ब ३८ लाख सापटी र रू. १ अर्ब ९७ करोड निक्षेप संकलन गरेर कम्पनीले रू. ५ अर्ब ७४ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।

त्यस्तै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १९ दशमलव ५१, मूल्य आम्दानी अनुपात ३८ दशमलव ४५ गुणा, तरलता अनुपात १० दशमलव ७९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१५६ दशमलव ६० छ । हालसम्ममा कम्पनीले ६८ जिल्लामा १४९ शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।