एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड –२ को इकाईमा आवेदन दिने समय थप

Share News

साउन ३१, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड-२  ले निष्कासन गरेको इकाईमा आवेदन दिने समय भदौ ९ गतेसम्म थप भएको छ ।

फण्डले  कुल १२ करोड इकाई निष्कासन गरेको हो । जसमध्ये १ करोड ६८ लाख इकाई वा कुल विक्री भएको इकाईको १४ प्रतिशत कोष प्रवर्द्धक एनएमबि बैंक तथा १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित गरिएको छ भने बाँकी  रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला गरिएको छ ।

आवेदकले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाई सम्मका लागि आवेदन दिन पाउने व्यवस्था छ । 

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले मेरो शेयर एप र वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

यसका साथै  नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।