लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाले प्रस्ताव गरे लाभांश 

Share News

साउन ३१, काठमाडौं । लक्ष्मी म्युचुअल फण्डद्वारा सञ्चालित दुई सामूहिक लगानी कोष योजनाहरूले लाभांश प्रस्ताव गरेका छन् ।

लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डले गत आर्थिक वर्ष  २०७८/०७९ सम्मको सञ्चित  मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । 

दुवै योजनाले एउटै अनुपातमा करसमेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निणर्य गरेका छन् । प्रस्तावित लाभांशको लागि योजनाहरूले बुक क्लोजको मिति तय गर्नेछन् । यी योजनाहरू लक्ष्मी क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।