एनएमबि फिफ्टी एक वर्षमा रू. ३३ करोडभन्दा बढी नोक्सानीमा

Share News

भदौ १, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टी योजना गत आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्मको प्रतिइकाई खुद सम्पत्ति मूल्य विवरण (न्याभ) सार्वजनिक गरेको छ । उक्त अवधिमा योजना रू. ३३ करोड ५५ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । 

अघिल्लो सोही अवधिमा योजनाले रू.१ अर्ब ६ करोड ९३ लाखभन्दा बढी नाफा कमाएको थियो । 

योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. १३ दशमलव २८ रहेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा यो मूल्य रू. १८ दशमलव ९६ रहेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।