माछापुच्छ्रे बैंकद्वारा शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध

Share News

भदौ २, काठमाडौं । माछापुच्छ्रे बैंकले शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ देखि २०७६/७७ सम्म वितरण गरेको नगद लाभांश हालसम्म पनि नलिएका शेयरधनीले यथाशीघ्र लिन अनुरोध गरेको हो ।

हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिकीकरण गर्न बाँकी रहेका शेयरधनीहरूलाई पनि कम्पनीले यथाशीघ्र अभौतिकीकरण गरी आफ्नो डिम्याट अद्यावधिक गर्न अनुरोध गरेको छ । आर्थिक वर्ष २०७३/७४ देखि २०७६/७७ मा शेयरधनी रहेका तर हाल आफ्नो शेयर विक्री गरिसकेका शेयरधनीले आफ्ना परिचयपत्रसहित कम्पनीको शेयर विभाग, पुतलीसडकमा सम्पर्क राखी लाभांश रकम लिन सक्नेछन् । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।