आईसीएफसी फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: सुनिल पन्त

Share News

भदौ ५, काठमाडौं । आईसिएफसी फाइनान्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा पुन: सुनिल पन्तलाई नियुक्त गरेको छ ।

कम्पनीको भदौ २ गते बसेको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृत पन्तलाई पुन: नियुक्ति गरेको नेप्सेमार्फत जानकारी दिएको हो । उनलाई असोज २५ गतेबाट लागू हुने गरी आगामी चार वर्षका लागि नियुक्त गरिएकाे छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।