भदौ ६, काठमाडौं । सिद्धार्थ क्यापिटलका दुई योजना तथा लक्ष्मी क्यापिटलका दुई म्युचुअल फण्डकाे प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन आज (साेमवार) रहेकाे छ ।
सिद्धार्थ क्यापिटलअन्तर्गत सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ तथा लक्ष्मी क्यापिटलअन्तर्गत लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डले भाेलि (भदौ ७ गते) बुक क्लोज गर्ने निर्णय गरेकाले आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे हाे ।
यी फण्डहरूमा आजसम्म कायम इकाईधनीहरूले प्रतिफल प्राप्त गर्नेछन् ।
लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डका इकाईधनीहरूलाई आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट ५–५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरिएकाे छ ।
यस्तै सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरूलाई आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट ९ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीहरूलाई १० प्रतिशत नगद लाभांश वितरण गरिने भएकाे छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।