भदौ ६, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट बुधवार हुने भएको छ । विक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार मंगलवार बाँडफाँट गर्ने तयारी भएको केही काम बाँकी रहेकाले बुधवार बिहान १०ः३० बजे बाँडफाँट हुने भएको छ ।
कम्पनीको आईपीओमा मागभन्दा ७० दशमलव २२ गुणा बढी आवेदन परेको छ । यस आधारमा आईपीओ गोलाप्रथाद्वारा बाँडफाँट हुनेछ । कम्पनीको आईपीओमा कुल १९ लाख ५२ हजार ४६० जना आवेदकले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका थिए । यस आधारमा ३० हजार ९२१ जनाले मात्रै शेयर पाउनेछन् भने बाँकी १९ लाख २१ हजार ५३१ आवेदकको हात खाली हुनेछ ।
कम्पनीले साउन २४ गते देखि २९ गते सम्म ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल कित्तामध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरीे बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता शेयरका लागि सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।