बैंक अफ काठमाण्डूको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

Share News

भदौ ७, काठमाडौं । बैंक अफ काठमाण्डू  लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ । कम्पनीले सात वर्ष अवधिको १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको ‘बिओके डिवेञ्चर, २०८६’ नामको ऋणपत्र निष्कासन गरेको हो ।

कम्पनीले प्रतिकित्ता रू. १ हजार अंकित दरका रू.१ अर्ब १० करोड  बराबरका ११ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् रू. ६६ करोड बराबरको ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने  रू. ४४ करोड बराबरको ४० प्रतिशत अर्थात् ४ लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गरेको छ ।

सर्वसाधारणलाई विक्री गर्ने ४ लाख ४० हजार कित्तामध्ये २२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ । बाँकी रहेको ४ लाख १८ हजार कित्ता ऋणपत्रमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । आवेदकले न्यूनतम २५ कित्ता ऋणपत्र र अधिकतम १ लाख कित्ता ऋणपत्रको लागि आवेदन दिन सक्नेछन् । 

ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।