भदौ ८, काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (बुधवार) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गदै छ ।
कुल कित्तामध्ये २ हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ भने बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा माग मबोजिम आवेदन नपरेमा भदौ २२ गतेसम्म आवेदन दिने समय थप हुनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. २ करोड ६८ लाख रहेको छ । आईपीओ बाँडफाँट पश्चात् पूँजी रू. ४ करोड पुग्नेछ ।
आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । आवेदकले मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सकिनेछ ।
आईपीओ निष्कासनका लागि गराइएको क्रेडिट रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आइआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत देखाउँछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।