धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट, करीब ३१ हजारले पाए शेयर 

Share News

भदौ ८, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ बुधवार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

विक्री प्रबन्धकका अनुसार कुल १९ लाख ५२ हजार ४६० जना आवेदकहरूमध्ये गाेलाप्रथाबाट ३० हजार ९२९ जनाले १०–१० कित्ताका दरले शेयर पाएका छन् । तीमध्ये ५ जनाले भने थप १–१ कित्ता अर्थात् ११–११ कित्ताका दरले शेयर पाएका छन् । 

कुल आवेदनमध्ये १८ लाख ६४ हजार ६४० आवेदन स्वीकृत भएको छ भने १ हजार २८६ आवेदन रद्द भएको छ । विक्री प्रबन्धकका अनुसार कम्पनीकाे आईपीओमा २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन परेकाे थियाे ।  

कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीले कुल कित्तामध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरी बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।