भदौ ८, काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले शेयरधनीहरूलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले सूचना जारी गर्दै आर्थिक वर्ष २०७२/७३ पछि नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरूलाई उक्त रकम लिन अनुरोध गरेको हो ।
लाभांश लिन बाँकी शेयरधनीहरूलाई कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडकाे काठमाडाैंकाे नक्सालस्थित कार्यालयमा सम्पर्क गर्न भनिएकाे छ ।
साथै कम्पनीले आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ वर्षकाे नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरूलाई ललितपुर जावलाखेलस्थित कम्पनीकाे कार्यालयमा सम्पर्क गर्न अनुराेध गरिएकाे छ । सूचना प्रकाशन भएकाे मितिले ३० दिनभित्र शेयरधनीहरूले नगद लाभांश नलिएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जानकारी दिइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।