एचआईडीसीएलको अवितरित हकप्रद शेयर बाँडफाँट, २ करोड ३२ लाख अझै बिकेन

Share News

भदौ ८, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले गोप्य शिलबन्दी बोलपत्रमार्फत विक्री गरेको संस्थापक समूहतर्फको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । 

कम्पनीले संस्थापक समूहको नबिकेको २ करोड ७८ लाख ९ हजार ४८० कित्ता हकप्रद शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत विक्री गर्नका लागि साउन १५ देखि २९ गतेसम्म बोलपत्र आह्वान गरेको थियाे । सो अवधिभित्र प्राप्त बोलपत्रहरू भदौ २ गते विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय, नक्सालमा खोलिएको थियो ।

साथै भदौ ६ गतेका दिन निष्कासनकर्ता कम्पनीका सञ्चालक समितिको बैठकले प्राप्त ४६ लाख ४ हजार ९८५ कित्ता अवतरित हकप्रद शेयरको बाँडफाँट गरेको हो । यस आधारमा बाँकी २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता हकप्रद शेयरका लागि आवेदन परेको छैन ।

कम्पनीले संस्थापक समूहतर्फको शेयरको लागि आवेदन पेश गर्दा आवेदकहरूलाई रू. १०० कटअफ मूल्य राखी शेयर बाँडफाँट गरेको हो । यसअनुसार रू. १०० का दरले आवेदन दिने सम्पूर्णले शेयर प्राप्त गरेका छन् ।

कम्पनीले बाँकी रहेको शेयर पुनः लिलामीमा ल्याउने भएको छ । कम्पनीले २ करोड ३२ लाख ४ हजार ९८५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याउनेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।