भदौ ९, काठमाडौं । एनएमबी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टी योजनाले नगद लाभांश वितरण गरेका छन् ।
फण्ड /योजनाले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाका इकाईधनीहरूलाई २१ दशमलव शून्य ५२ प्रतिशतका दरले नगद लाभांश वितरण गरेका हुन् ।
उक्त नगद लाभांश बिहीवार (आज) देखि इकाईधनीले उल्लेख गरेको बैंक खातामा आईपीएस मार्फत जम्मा हुनेछ ।
फण्डले हालसम्म पनि हितग्राही खातामा आफ्नो इकाई जम्मा भई नसकेका इकाईधनीहरूले एनएमबि क्यापिटल लिमिटेडमा सम्पर्क गरी आफ्नो हितग्राही खाता अद्यावधिक गराउन अनुरोध गरेको छ । साथै आफ्नो हितग्राही खातामा बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराए पश्चात् मात्र नगद लाभांश जम्मा हुनेछ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोला
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।