भदौ ९, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ४ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने जानकारी दिएको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आजकाे मितिले ३५ दिनभित्र कास्की पाेखरा-१० स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।
सो समयभित्र विद्यमान संस्थापकहरूबाट शेयर खरीद गर्न आवेदन नपरेमा अन्य व्यक्ति वा संघसंस्थाले पनि आवेदन दिन पाउने कम्पनीले जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।