एचआइडिसिएलको हकप्रद शेयर सूचीकृत

Share News

भदौ ९, काठमाडौं  । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल)को हकप्रद शेयर बिहीवार नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको ९७ लाख ९५ हजार ५०५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

कम्पनीले बोलपत्रद्वारा विक्री गरेको संस्थापक शेयर सूचीकृत गराएको हो । नेप्सेले पहिलो कारोबारको लागि शेयर मूल्य रू. ११३ तोकेको छ । सोही आधारमा कम्पनीको शेयर शुक्रवार दोस्रो बजारमा हुनेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।