कुमारी धनवृद्धि योजनाको जम्मा आम्दानी ९१ लाख भन्दा बढि

Share News

भदौं १०, काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजनाले सम्पत्ति मूल्य विवरण (न्याभ) शुक्रवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) १० दशमलव शून्य ४ रहेको छ ।  असार मसान्तसम्म उक्त न्याभ ९ दशमलव ९८ थियो । 
योजना असार मसान्तसम्म रू. २२ लाख १ हजार घाटामा रहेकोमा साउन मसान्तसम्म ७२ लाख २८ हजार नाफा कमाएको छ । 

त्यस्तै, उक्त योजनाको साउन मसान्तसम्मको खर्च १९ लाख रहेको छ । असार मसान्तसम्म योजनाको जम्मा खर्च ९२ लाख ८७ रहेको थियो । साउन मसान्तसम्म योजनाको जम्मा आम्दानी रू. ९१ लाख २९ हजार रहेको छ । उक्त आम्दानी असार मसान्तसम्म ७० लाख ८५ हजार थियो । 

योजनाको सूचीकृत शेयरमा रू. १३ करोड २४ लाख लगानी गरेको छ । असार मसान्तसम्म योजनाको सूचीकृत शेयरमा रू. ५ करोड ६६ लाख थियो ।

फण्डको मुद्दती निक्षेपमा रू. १८ करोड रहेको छ ।  

 वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।