भदौ १२, काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले स्थगित साधारण सभा पुनः आह्वान गरेको छ ।
कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले गणपूरक संख्या नपुगी स्थगित भएको १३औं र १४ औं वार्षिक साधारणसभा आगामी भदौ १९ गते गर्ने जानकारी दिएको छ । साधारणसभा लिसारा बैंक्वेट हल नक्साल काठमाडौंमा बिहान ११ः३० मा शुरू हुनेछ ।
सभाले हाल कायम रू. १ अर्ब ६० करोड चुक्तापूँजीको ७५ प्रतिशत अर्थात् १ बराबर शून्य दशमलव ७५ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने तथा कम्पनीको संस्थापक शेयरधनीहरूको तर्फबाट तीन जना र सर्वसाधारणतर्फबाट दुई जना सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
यसैगरी अन्य प्रस्तावमा आव २०७८/ ०७९ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।