एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँट

Share News

भदौ १२, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँट सम्पन्न भएको छ । गत साउन १८ गतेदेखि भदौ १ गतेसम्म निष्कासन गरेको एभरेष्ट बैंकको रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बाँडफाँट भएको हो ।

बैंकले ६ वर्षे अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको अंकित मूल्य रू. १००० दरका २० लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको हो । बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक ऋणपत्रमा रीतपुूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई भदौ १० गते शुक्रबारका दिन बाँडफाँट गरेको जानकारी दिएको छ । 

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।