लक्ष्मी इक्विटी फण्डको न्याभ रू. १.०१ ले घट्यो

Share News

भदौ १३, काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले खुद सम्पत्ति मूल्य विवरण सोमवार सार्वजनिक गरेको छ ।

वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) असार महीनाको तुलनामा साउन महीनामा घटेको छ । असार मसान्तसम्ममा फण्डको न्याभ रू. ११ दशमलव ५२ रहेकोमा साउन महीनामा रू. १० दशमलव ५१ कायम भएको हो । एक महिनाको तुलनामा न्याभ रू. १ दशमलव शून्य १ घटेको हो ।

त्यसैगरी फण्डले असारमा रू. १ करोड ३९ लाख नाफा कमाएकोमा साउनमा रू. २० करोड ४२ लाख नोक्सानीमा रहेको छ । 

असार मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. २ करोड ७० लाख रहेकोमा साउन मसान्तसम्म रू. २० लाख  ४ हजार रहेको छ । त्यसैगरी साउन मसान्तसम्ममा फण्डको जम्मा आम्दानी घटेको छ । असार मसान्तसम्म रू. ४ करोड ९ लाख आम्दानी गरेको फण्ड साउनमा २० करोड २२ लाख नोक्सानीमा रहेको छ । 

साउन मसान्तसम्म फण्डको सूचीकृत शेयरमा लगानी रू. ७८ करोड २० लाख रहेको छ भने फण्डको मुद्दती निक्षेपमा रू. १७ करोड ५० लाख रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।