भदौ १३, काठमाडौं । सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने भएको छ। कम्पनीले ४० हजार कित्ता संस्थापक शेयर विक्री गर्न ३५ दिने सूचना जारी गरेकोमा सो अवधिमा कुनै पनि संस्थापक शेयरधनीको आवेदन नपरेकाले सर्वसाधारणमा विक्री गर्ने जानकारी दिइएको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक समूहको शेयर खरीदविक्री गर्दा पहिलो प्राथमिकता संस्थापकहरूलाई नै दिनुपर्छ, यसरी खरीदविक्री गर्दा सो शेयर खरीद हुन नसकेकोमा अन्य व्यक्ति वा संस्थालाई विक्री गर्न पाइन्छ ।
सोही कारण अब यो शेयरमा सर्वसाधारण व्यक्ति वा संस्थाले आवेदन दिन पाउनेछन् । इच्छुक आवेदकले यो सूचना जारी गरेको मिति (भदौ १३ गते) ले ३५ दिनभित्र काठमाडौं, नारायणी पथस्थित कम्पनीको केन्द्रीय कार्यालय आवेदन दिन सक्नेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।