भदौ १४, काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल–१ को प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) असारको तुलनामा साउनमा घटेको छ ।
फण्डले मंगलवार सार्वजनिक गरेको सम्पत्ति मूल्य विवरणअनुसार असार मसान्तको तुलनामा साउनमा फण्डको न्याभ घटेको हो । असार मसान्तसम्म फण्डको न्याभ रू. १३ दशमलव १२ रहेकोमा साउनमा रू. १० दशमलव ९६ कायम भएको छ ।
फण्ड साउन मसान्तसम्म २ करोड ३० लाख नोक्सानीमा छ । असार मसान्तसम्मको तुलनामा साउनमा नोक्सानीमा कमी आएको हो । असार मसान्तसम्म फण्ड रू. १७ करोड ६८ लाख नोक्सानीमा रहेको थियो ।
फण्डको जम्मा खर्चमा भने कमी आएको छ । साउन मसान्तसम्ममा जम्मा खर्च रू. २१ लाख ८५ हजार भएको छ भने असार मसान्तसम्म यस्तो खर्च रू. २ करोड ६९ लाख रहेको थियो । असार मसान्तसम्ममा फण्डले ऋणपत्र तथा बेण्डमा रू. ३९ करोड ९५ लाख लगानी थियो भने साउन मसान्तसम्म यस्तो लगानी घटेर रू. ३६ करोड ९२ लाखमा झरेको छ ।
त्यस्तै साउन मसान्तसम्म फण्डको मुद्दती निक्षेपमा रू. १५ करोड रहेको छ । त्यस्तै सूचीकृत शेयरमा उक्त अवधिमा रू. ५० करोड ३ लाख लगानी भएको छ । असार मसान्तसम्म यस्तो लगानी ५६ करोड ६१ लाख थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।