भदौ १५, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र बाँडफाँट सम्पन्न भएको छ । ७ वर्ष अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको ‘बिओके डिबेञ्चर २०८६ (क)’नामक ऋणपत्र बाँडफाँट गरेको हो ।
बैंकले भदौ २ गतेदेखि भदौ ७ गतेसम्म रू. १००० अंकितका ११ लाख कित्ताले हुन आउने रू. १ अर्ब १० करोड बराबरको ऋणपत्र निष्कासन गरेकोमा सो अवधिसम्म रीतपूवर्क आवेदन दिनेहरूलाई साउन १४ गते बाँडफाँट गरेको बैंकले जानकारी दिएको छ । बैंकले कुल कित्तामध्ये ६ लाख ६० हजार कित्ता व्यक्तिगत तबरबाट विक्री गरेको ४ लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।