एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड २ को इकाई बाँडफाँट 

Share News

भदौ १६, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एमएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ को इकाई बाँडफाँट बुधवार सम्पन्न भएको  छ ।

साउन २६ गतेदेखि भदौ ९ गतेसम्म सार्वजनिक निष्कासन गरेको उक्त फण्डमा मागभन्दा बढी आवेदन परेकाले योजनाको आकार २१ लाख इकाई वृद्धि गरी १२ करोड २१ लाख कायम गरिएको र सो बमोजिम रीतपूर्वक आवेदन दिने आवेदकहरूलाई आवेदन गरेबमोजिम १० करोड ३७ लाख ८१ हजार २० इकाई बाँडफाँट गरिएको हो ।

साथै योेजनाले १४ प्रतिशत कोष प्रवर्द्धक एनएमबि बैंकलाई १ करोड ७० लाख ९४ हजार इकाई र योजना व्यवस्थापक एनएमबि क्यापिटललाई १ दशमलव शून्य शून्य ३ प्रतिशत अर्थात् १२ लाख २४ हजार ९८० इकाई गरी कुल १२ करोड २१ लाख इकाई भदौ १५ गते बाँडफाँट गरेको जानकारी दिएको छ ।

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।