भदौ १६, टोकियो । अहिले विश्वभर आइफोन प्रेमीहरु कहिले आइफोन १४ सार्वजनिक होला भनेर कुरेर बसिरहेका छन् । सेप्टेम्बर ७ मा अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले आइफोन १४ सार्वजनिक गर्ने तयारी तीव्र पारिरहेको छ । अहिलेसम्म सो मोडलको मूल्य, विशेषता लगायत धेरै कुरा गोप्यनै छ ।
ट्रेन्ड फोर्सको पछिल्लो खबरलाई पत्याउने हो भने आइफोन १४ को भाउ यस अघि अनुमान गरेको भन्दा ५० देखि सय डलरसम्म सस्तो हुन सक्नेछ । आइफोन १४ को शुरुवाती मूल्य ८ सय डलर आसपास हुने अनुमान गरिएको छ । आइफोन १४ म्याक्सको मूल्य ८४९ देखि ८९९ डलर आसपास हुन सक्ने बताइएको छ ।
आइफोन १४ प्रो र प्रो म्याक्स भने क्रमशः १ हजार ४९ डलर र १ हजार १४९ डलर पर्ने अनुमान छ । यो वर्ष एप्पलले एप्पल मिनी ल्याउदैन । आइफोन १४ लाइनअपको विक्री राम्रो हुन्छ भन्ने आश एप्पलले गरिरहेको छ । आइफोन १४ को विक्री पनि करीब ९ करोड ५० लाख थान आसपास रहने कम्पनीले बताएको छ ।
कम्पनीले आपूर्तिकर्ताहरुलाई आइफोनको १४ को संख्या करीब ५ प्रतिशतले बढाउन निर्देशन दिएको बताइएको छ । यो कम्पनीले यस अघि अनुमान गरेको भन्दा ठिक उल्टो हो । स्ट्यान्डर्ड र प्रो मोडलबीचको मूल्य अन्तरले आइफोन १४ को प्रो भ्यारिएन्टमा हुने केही महत्वपूर्ण फिचरहरु स्ट्यान्डर्ड भ्यारिएन्टमा नहुने संकेत गरेको छ ।
प्रो मोडलहरु शक्तिशाली ए-१६ बायोनिक चिपसेट, १२ हर्जको एलटीपीओ डिस्प्ले, एलपीडीडीआर५ र्याम, अपग्रेडेड फेसआईडी सिष्टम, अल्वेज अन डिस्प्ले फङ्सन आदि फिचर छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।